सत्तारुढसत्ता साझेदार दलहरुले न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी

सत्तारुढसत्ता साझेदार दलहरुले राज्य सञ्चालनको आधार तय गर्नुका साथै न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी अघि बढाएका छन् ।
प्रधानमन्त्री निवास वालुवाटारमा शनिबार वसेको सत्तारुढ दलको वैठकले राष्ट्रिय सुरक्षाका विषयहरु, स्थानीय निकायको निर्वाचन, सुशासनका आधार, जनतालाई आपूर्ती तथा सेवा प्रवाह गर्ने विषय लगायतलाई समेटेर न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ । नाकावन्दीले अर्थतन्त्रमा असर परेकोले यसलाई तत्काल समाधान गर्ने र पुनर्निर्माणका विषयहरुलाई पनि तिव्रता दिने वैठकले निर्णय गरेको छ ।
सत्तारुढ दलहरुबीच राष्टपति तथा उपराष्टपतिको निर्वाचनका सन्दर्भमा चाडै छलफल गरेर टुंगोमा पुग्ने अनौपचारिक कुराकानी भएको बताइएको छ ।
तपाइँको प्रतिक्रिया