सत्ता गठबन्धनले उपसभामुखमा स्वतन्त्र पार्टीका सोबिता गौतमलाई उम्मेदवार बनाउने

काठमाडौं, माघ ६
सत्ता गठबन्धनमा एमालेका तर्फबाट देवराज घिमिरे सभामुख चयन भएसँगै उपसभामुखमा स्वतन्त्र पार्टीका सोबिता गौतमलाई उम्मेदवार बनाउने तय भएको जनाईएको छ ।
सभामुखमा देवराज घिमिरे निर्वाचित भएसँगै संसद सचिवालयले उपसभामुख चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । माघ ७ गते शनिबार दिउँसो १ बजे संसदमा मतदान हुने गरी प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले कार्यतालिका सार्वजनिक गरेका हुन् ।
उपसभामुखको मनोनयनका लागि शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्मको समय दिइएको छ । दर्ता हुन आएका नाम दिउँसो ४ः१५ बजे सार्वजनिक गरिनेछ । सत्ता गठबन्धनले उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने भएको छ ।
काठमाडौँ २ बाट निर्वाचित भएकी २७ वर्षीय सांसद गौतमलाई स्वतन्त्र पार्टीले उपसभामुखको उम्मेदवार बनाउने करिब निश्चित गरेको हो । बिहीबार भएको मतदानमा सत्ता गठबन्धनका उम्मेदवार घिमिरेले १६७ मत पाएकाले उनको पक्षमा पनि उक्त मत कायम रहने देखिन्छ । उनी पूर्वसभामुख ओनसरी घर्तीलाई पराजित गर्दै निर्वाचित भएकी थिइन् । संविधानअनुसार सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने व्यवस्था छ ।
तपाइँको प्रतिक्रिया