सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकलाई संसदबाट फाष्ट ट्रयाकमा पारित गर्नु नहुने एमाले नेता ज्ञवालीको भनाई

काठमाण्डौं, भाद्र १३
नेकपा (एमाले) का सांसद प्रदीपकुमार ज्ञवालीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ ‘फाष्ट ट्रयाक’ बाट पारित गर्नु नहुने बताउनुभएको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि भएको सैद्धान्तिक छलफलमा बोल्दै उहाँले सो विधेयकलाई संसदबाट फाष्ट ट्रयाकमा पारित गर्नु नहुने बताउनुभएको हो ।
यो विषय संवेदनशिल भएको उल्लेख गर्दै उहाँले प्रक्रियालाई उल्लंघन गरेमा झनै गिजोलिने बताउनु भयो ।
उहाँले प्रक्रियालाई अवमूल्यन नगर्न चेतावनी दिनुभयो ।
नेकपा (एमाले)का सांसद प्रदीपकुमार ज्ञवालीले त्रिभूवन विश्वविद्यालयमा प्राध्यापकलाई आक्रमण गर्नेहरुमाथि कारबाही नभएको बताउनुभयो ।
प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै उहाँले त्रिभूवन विश्वविद्यालयमा प्राध्यापकलाई आक्रमण गर्नेहरुमाथि कारबाही नगरिएको भन्दै आपत्ति जनाउनुभएको थियो ।
विश्वविद्यालयमा यसरी प्राध्यापकहरुमाथि आक्रमण हुनुले तथा अराजकता मौलाउनुले शिक्षाको गुणस्तर कायम नहुने उहाँले बताउनु भयो ।
उहाँले त्रिभूवन विश्वविद्यालयमा घटीरहेका घटनाहरुको सम्बन्धमा एमाले टुलुटुले हेरेर नबस्ने बताउनु भयो ।
तपाइँको प्रतिक्रिया