सप्तरीमा कोष तथा लेखा नियन्त्रण कार्यालयमा तोडफोड

१० असोज, राजविराज। मधेसी मोर्चाका कार्यकर्ताहरुले सप्तरीको राजविराजस्थित कोष तथा लेखा नियन्त्रण कार्यालयमा तोडफोड गरेका छन् ।कोष तथा लेखा नियन्त्रण कार्यालयले सुरक्षाकर्मीलाई मात्रै रकम निकासा गरेको तर अरुलाई नगरेको आरोप लगाउँदै मोर्चाका कार्यकर्ताहरुले कार्यालयमा तोडफोड गरेका हुन् ।
तराई मधेसमा जारी आन्दोलन दबाउन प्रहरीहरुलाई रकम निकासा गरेको र अरुलाई नगरेर पक्षपात गरेकाले तोडफोड गरेको मधेसी मोर्चा सप्तरीले जनाएको छ ।
जनआन्दोलन चोकस्थित कार्यालयमा पुगेका मोर्चाका कार्यकर्ताहरुले टेबुल कुर्सी लगायतका सामान बाहिर निकालेर तोडफोड गरेका थिए ।
तपाइँको प्रतिक्रिया