सबैलाई साथमा लिएर अघि बढ्ने:नवनिर्वाचित प्रधानमन्त्री ओली

नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई साथमा लिएर अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ । व्यवस्थापिका संसदको आइतबार बसेको बैठकले ओलीलाई प्रधानमन्त्रीमा निर्वा्चित गरेको थियो । प्रधानमन्त्रीमा निवार्चित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले सबैलाई साथमा लिएर अघि बढ्ने बताउनुभयो । उहाले शान्ति सुव्यवस्था कायम गर्ने र रचनात्मक कामलाई प्राथमिकता दिने उल्ल्ेख गर्नुभयो ।ओलीले आफूलाई मत दिने तथा समर्थन गर्ने सबैलाई धन्यवाद समेत दिनुभयो ।
तपाइँको प्रतिक्रिया