समाचार लेखन तथा वाचन र पत्रकारीता तालिम

ज्ञानु पंगेनी,
नवलपरासी, कार्तिक २० ,पत्रकारीता विषय चुनौतीको विषय भएकाले संवेदनशिल र प्रतिबद्ध भएर यो पेशामा लाग्न नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष नारायण शर्माले आग्रह गर्नुुभएको छ ।
नवलपरासीको कावासोतीमा रहेको रेडियो कावासोती १०२.६ मेघाहर्जको आयोजनामा आजबाट शुरु भएको समाचार लेखन तथा वाचन र पत्रकारीता तालिमको उद्घाटनमा बोल्दै उहाले यस्तो बताउनुभएको हो । साच्नै पत्रकारीता पेशामा लाग्ने हो भने अध्यनशिल हुनपर्ने समेत उहांले बताउनुभयो । यस्तै अध्यक्ष शर्माले पत्रकारीतामा गुणस्तरीयताका लागि राम्रो श्रोता बन्नुपर्नेमा पनि जोड दिनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै रेडियोका अध्यक्ष हरिषचन्द्र पोख्रेलले प्रशिक्षार्थीहरुलाई तालिममा सहभागि बनेर रेडियो टेलिभिजनमा मात्रै काम गनुपर्छ भन्ने नभई समाजमा अन्य काममा पनि सहयोग पुग्ने भएकाले निर्धक्क र ध्यान दिएर मनैबाट तालिम लिन आग्रह गर्नुभयो ।
संचालक समितीका अध्यक्ष हरिषचन्द्र पोख्रेलको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष नारायण शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रेस युनियन नवलपरासीका सचिव नविन पौडेल, प्रेस चौतारीका सचिव सागर पोख्रेल, प्रेश सेन्टर नवलपुरका अध्यक्ष लक्ष्मी प्रसाद पंगेनी, क्रियाशिल पत्रकार महिला नवलपरासीका अध्यक्ष धनु भुषाल , थारु प्त्रकार संघका अध्यक्ष जित नारायण थनैत लगायतले बोल्दै तालिमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा रेडियो संचालक समितीका उपाध्यक्ष वावुराम पोख्रेलले स्वागत र सचिव केशव भट्टराईले धन्यावाद ज्ञापन गर्नुभएको थियो ।
एक हप्तासम्म भल्ने तालिममा २५ जनाको सहभागिता रहेको छ ।
तपाइँको प्रतिक्रिया