समृद्धिको आधार भनेको नै आफ्नो घरबाट सुरु गर्नु पर्छ : गैडाकोट नगर प्रमूख पौडेल

असिफ गुरुङ, माघ १९
गैडाकोट नगरपालिकाका प्रमूख छत्रराज पौडेलले समृद्धिको आधार भनेको नै आफ्नो घरबाट सुरु गर्नु पर्ने बताउनु भयो । जब घरमा चाहिने अन्न, साग सब्जी, दुध जस्ता अत्वाश्यक सामाग्रीहरु आफै उत्पादन गरि आयातलाई न्यूनिकरण गरि निर्यात गर्न सक्छौ तब मात्र घर परिवार समृद्ध हुने र सिङ्गो गैडाकोट नगरपालिका नै समृद्ध हुने बताउनु भयो । सधै अरुलाई दोष लगाउनु भन्दा पनि आत्म निर्भर बन्नका लागि सबै मानिस लाग्यो भने त्यसले समृद्धि ल्याउने बताउनु भयो । मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्था लि. गैडाकोट ११, को २२ औं साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । कार्यक्रममा बोल्दै अहिलेको समस्या भनेको मिल्क होलिडे हुँदा पनि किसानलाई घाटा ब्यहोर्नु नपर्ने गरि चिस्यान भण्डारण आवश्यक मात्रामा स्थापना गर्नुपर्ने बताउनु भयो । शनिबार मुकुन्दसेन बहुमुखि कलेज गैडाकोट १२ को प्राङ्गणमा साधारण सभा सम्पन्न भएको थियो । २२ औं साधारण सभामा संस्थाको प्रगति प्रतिवेदन संस्थाका ब्यवस्थापक रमाकान्त घिमिरेले प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रतिवेदन संस्थाका लेखा समिति सदस्य लोक प्रसाद उपाध्यायले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा गैडाकोट नगरपालिकाकी उप प्रमूख बिष्णु कुमारी कंडेल सापकोटा, नवलपरासी जिल्ला दुग्ध संघका अध्यक्ष गोपाल श्रेष्ठ, संस्थाका संस्थापक अध्यक्ष गोबिन्द घिमिरे, गैडाकोट वडा नं १० देखि १३ सम्मका वडाध्यक्ष लगायतको बिशिष्ट आतिथ्यता तथा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । कार्यक्रमको सहजीकरण संस्थाका ब्यवस्थापक रमाकान्त घिमिरेले गर्नु भएको थियो भने कार्यक्रमको सभापतित्व रुद्र प्रसाद सुवेदीले गर्नु भएको थियो ।
तपाइँको प्रतिक्रिया