सम्पत्ती सहित श्रीमती बेपत्ता भएपछि खोजिदिन आग्रह गर्दे भरतपुरका सन्तोष सुनार

पौष २८ , चितवन
आफनो श्रीमती ३५ दिनदेखि लापत्ता हुँदा भरतपुर महानगरपालिका १३ उज्ज्वल नगरका सन्तोष सुनारले खोजिदिन आग्रह गरेका छन् । आफनाी श्रीमती प्रमिला सुनार दुई लाख नगद, दुई तोला सुनसहित आफ्नो बैंकको कागजात लिएर सम्पर्कबिहीन बनेपछी सुनारले खोजिदिन आग्रह गरेका हुन । उनी मंसिर २४ गतेदेखि परिवारसँग सम्पर्कविहिन बनेकी हुन् ।
श्रीमती परिवारबाट सम्पर्कविहीन भएपछि विदेशमा रहेका श्रीमान् सन्तोष सुनार नेपाल फर्किएका हुन् । नेपाल फर्किएर खोजी गर्दा फेला नपारेपछि प्रहरी कार्यलयमा उजुरी दिएको उनले बताए । उनी करिब ८ वर्षदेखि
वैदेशिक रोजगारीका लागि साउदीमा गाडी चलाउँदै आएका छन् ।
पछिल्लो समय विदेशमा राम्रै पैसा कमाएका सन्तोषले श्रीमतीलालाई मासिक एक लाखभन्दा बढी पैसा पठाउँदै आएका थिए । उनले विदेशमा काम गरेर बाँकेमा ४ कठ्ठा जग्गा जोडेका थिए । जसमा २ कठ्ठा श्रीमतीको नाममा छ । यस्तै उनले भरतपुर १३ मा पक्की घर बनाएका थिए । तर, घर धान्ने श्रीमती नै परिवारलाई छोडेर बेपत्ता भएपछि पीडा भएको उनले बताए ।
आफनाी श्रीमति आफूलाई छोडेर अरुसंग गएको भएपनि एकचोटि म सन्चै छु भनेर भनिदिए आफू ढुक्क हुने सुनार बताउँछन ।
तपाइँको प्रतिक्रिया