सम्भाबीत खतरा तत्कालकालागी खतरा टर्यो

पुरुषोत्तम सुबेदी ,
नवलपरासी , १३ साउन । नवलपरासीको गण्डक नहर स्थित नारायणी नदीमा यस बर्षा बर्षाका कारण देखिएको सम्भाबीत खतरा तत्कालका लागी टरेको छ । नारायणी नदीमा आज पानीको बहाव घट्दै गएपछि तत्कालकालागि सम्भावीत खतरा टरेको हो ।
नवलपरासीको नारायणी नदी अन्र्तगत गण्डक ब्यारेजमा पानीको सतह विस्तारै घट्दै गएको छ। विहानदेखि घट्दै गएको नारायणी नदीमा पानीको पानीको सतह अहिले खतराको संकेत भन्दा तल झरेको गण्डक संघर्ष समितीका अध्यक्ष रामबरण केवटले बताउनुभयो ।
मंगलबार रातिसम्म नारायणी नदीमा पानीको सतह खतराको चिन्न पार गरेर १० दशमबल २० मिटर सम्म पुगेको थियो भने अहिले घटेर ७ दशमलब ३ मिटरमा आएको मापन केन्द्र देवघाटलाई उद्धित गर्दै जिलल प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।
नारायणी नदीमा ८ दशमबल ४ मिटर नाघेपछि खतराको संकेत मानिन्छ । त्यसैगरी ७ दशमलब ३ मिटर नाघेको अवस्थामा चेतावनी लेवल मानिन्छ । नदीमा पानीका सतह विस्तारै घट्दै गएकोले चेतावनीको संकेत भन्दा पनि तल झर्ने सम्भवना रहेको अवस्था छ ।
।गण्डक क्षेत्रमा नदीमा पानीको सतह घट्दै गएपछि जनजीवन सामान्य बन्दै गएको छ । गैडाकोटमा पसेको पानी सुकेको छ भने गैैडाकोटमा नदीको छाल पस्न छाडेको गैडाकोट प्रहरीले जनाएको छ ।
पानीको सतह घटेपनि गण्डक नहरको ठोकरहरु भने कटान जारी रहेको छ । ठोकर नम्बर १३ र ठोकर न. ३ का केही स्पर अथवा ब्लक समेत बगाएको छ ।
नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले नदीमा पानीको बहाव घटेसंगै जनजीवन सामान्य बन्दै गएको बताउनुभयो ।
उक्त क्षेत्रमा अझै पनि सतर्कता अपनाइएको छ । गण्डक क्षेत्रमा आवश्यक उद्धार तथा सहयोग गर्न तीनवटै क्षेत्रका सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थको भनाइ छ ।
नवलपरासीमा यस बर्ष करिब सातादिन अघि डुबानमा परेको सरमुकाम परासीमा तथ्यांक संकलनको काम भईरहेको र अहिलेसम्म विभिन्न संघसंस्थाहरुले परासी क्षेत्रका डुबानमा परेक सय १९ घर परिवारलाई राहत वितरण गरिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ( तस्बिर संलग्न छ )
तपाइँको प्रतिक्रिया