सरकारको नीति तथा कार्यक्रम आज संसदमा पेश

सरकारको नीति तथा कार्यक्रम आइतबार संसदमा पेश हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीलेसरकारको नीति तथा कार्यक्रमलाई प्रस्तुत गरी संसदमा सम्बोधन गर्ने कार्यसूचि तय भएको छ । राष्ट्रपति भण्डारीले दिउँसो ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधन गर्नुहुने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।नीति तथा कार्यक्रममा संविधान कार्यान्वयन, स्थानीय निकायको निर्वाचनको तयारी, भूकम्पले पुर्याएको भौतिक क्षतिको पुनःनिर्माण, भूकम्पपीडितलाई राहत, सामाजिक सुरक्षाजस्ता महत्वपूर्ण विषय समेटिएको छ ।
आर्थिक समृद्धि, ऊर्जा विकास, पर्यटन प्रवद्र्धन, कृषिको व्यवसायिकरण, स्वास्थ्य सेवा सुदृढीकरण, भौतिक पूर्वाधार विकास, शान्ति सुरक्षा, कूटनीतिक सम्बन्ध सुदृढीकरणजस्ता विषयलाई पनि नीति तथा कार्यक्रममा सम्बोधन हुने सरकारले जनाएको छ ।नीति तथा कार्यक्रममाथि संसदमा दुई दिनसम्म छलफल हुने र त्यसपछि प्रधानमन्त्रीले जवाफ दिने कार्यसूचि छ ।
तपाइँको प्रतिक्रिया