सरकारको न्यूनतम साझा कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको असहमति

२४ चैत, काठमाडौं ।
सरकारको न्यूनतम साझा कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले असहमति जनाएको छ । प्रधानमन्त्रीले सरकारको नयाँ नीति कार्यक्रम राष्ट्रिय सहमतिको दस्तावेज भन्नेपनि त्यसमा असहमति रहेको रास्वपा प्रवक्ता मुकुल ढकालले बताउनुभयो ।
नयाँ नीति कार्यक्रम भ्रष्टाचार विरूद्ध नरम देखिएको, बलात्कार जन्य घटनाको छिटो छिनोफानो, बिजनेस इन्क्युबेसन सेन्टरहरू खोल्ने, गैर आवसिय नेपालीको लगानीलाई सहज बनाउने, डिजिटल नेपालको फ्रेमवर्क कार्यान्वयन गर्ने, डाटा सर्भरमा आत्मनिर्भर बन्ने, राष्ट्रिय परिचयपत्रको अवधारणालाई एक वर्षमा व्यवहारत लागू गर्ने लगायत विविध महत्त्वपूर्ण विषयहरू हटाइएका कारण यसमा असहमति रहेको रास्वपाले स्पष्ट बताएको छ ।
विदेशमा बस्ने नेपालीको मताधिकार, सरकारी सेवामा टाइमकार्ड, गुणस्थरिय रोजगारमुखी शिणाका लागी शिक्षा ऐन, छाता विश्वविद्यालय ऐन, गुणस्तरीय पहुँचयोग्य स्वास्थ्य सेवाका लागि स्वास्थ्य ऐन जस्ता विषयले निरन्तरता पाएपनि समग्रमा सरकारको नीति कार्यक्रम अमूर्त, लक्ष्य विहिन रहेको रास्वपाको टिप्पणी थियो ।
तपाइँको प्रतिक्रिया