सरकारद्धारा निषेधाज्ञा अवधिभर घरमा प्रयोग गरिएको विद्युत महसुलमा पनि ५० प्रतिशतसम्म छुट

काठमाडौं, १५ जेठ ।
सरकारले निषेधाज्ञामा प्रयोग गरिएका विद्युत महसुल छुट दिने भएको छ । घरमा प्रयोग गरिएको विद्युत महसुल छुट हुने भएको हो ।
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताले विद्युतको महसुल सबै छुट पाउने छन् । भने मासिक १०० युनिटसम्मको खपतमा ५० प्रतिशत र २५० युनिटसम्म प्रयोग गरेमा ३० प्रतिशत छुट पाइने छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै विद्युत महसुल छुट हुने घोषणा गर्नु भएको हो ।
तपाइँको प्रतिक्रिया