सरकारद्धारा भरतपुर कारागारका १४ कैदीलाई आममाफी

चितवन, १५ जेठ ।
भरतपुर कारागारमा कैद भुक्तान गरिरहेका १४ कैदीलाई आममाफी दिइएको छ । सरकारले गणतन्त्र दिवसको अवसरमा उनीहरुलाई आममाफी दिइएको हो ।दिवसको अवसरमा सरकारले ५० प्रतिशतभन्दा बढी कैद सजाय भुक्तान गरिसकेका र आचरणमा सुधार आएका कैदीहरुलाई आममाफी दिने गर्छ । कारागारले गरेको सिफारिसका आधारमा १४ कैदीको बाँकी कैद सजाय राष्ट्रपतिले मिनाहा गर्नु भएको हो ।
कैद मिनाहा पाउनेमा सवारी ज्यान मुद्धाका ८ जना, ज्यान मार्ने उद्योगका ३ जना, चोरीका एक जना, लापरबाही ज्यान मुद्धाका एक जना र कर्तव्य ज्यान मुद्धाका एक जना कैदी रहेका छन् ।
तपाइँको प्रतिक्रिया