सरकारले आजबाट निजी सवारीलाई पेट्रोलियम पदार्थ नदिने

सरकारले आजबाट निजी सवारीलाई पेट्रोलियम पदार्थ नदिने भएको छ । कोटा प्रणालीबाट तेल दिने निर्णयमा पुनर्विचार गर्न दिउ“सो गृहमन्त्रालयमा बसेको सरोकारवाला निकायको संयुक्त बैठकले अत्यावश्यक सामान ढुवानी गर्ने बाहेक ट्रक र ट्रिपरलाई पनि तेल नदिने निर्णय गरेको छ । यात्रु बोक्ने सार्वजनिक गाडी र अत्यावश्यक सेवाका सवारीलाई मात्र तेल बेच्ने निर्णय भएको गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिनुभयो । भारतले अघोषित नाकाबन्दी लगाएपछि तेलमा कोटा प्रणाली लगाएको सरकारले यात्रु चढ्ने सार्वजनिक सवारीलाई प्राथमिकता दिदै निजी सवारीलाई तेल दिन रोक्ने निर्णय गरेको प्रवक्ता ढकालले जानकारी दिनुभयो । बैठकमा वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम, यातायात व्यवस्था विभागसहित गृहमन्त्रालयको प्रतिनिधिहरूको सहभागिता रहेको थियो । पेट्रोलियम पदार्थको मौज्दातलाई बचाउन सरकारले यस्तो कदम चालेको प्रवक्ता ढकालले बताउनुभयो । यसैबीच, नेपाल आयल निगमले अहिलेकै परिमाणका दैनिक तेल वितरण भइरहे स्टक रहेको पेट्रोलले नौ दिन र डिजेलले १४ दिन धान्ने जनाएको छ ।
तपाइँको प्रतिक्रिया