सरकारले इन्धनको प्रभावकारी ढंगले वितरण गर्न नसकेको नेपाली कांग्रेसको आरोप

नेपाली कांग्रेसले संकटको बेलामा पनि सरकारले इन्धनको प्रभावकारी ढंगले वितरण गर्न नसकेको आरोप लगाएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको काग्रेस पदाधिकारी बैठकले इन्धन वितरण गर्न सरकार असफल भएको निष्कर्ष निकालेको हो । बैठकले सरकारले कालोबजारी गर्नेलाई कारबाही गर्न नसकेको भन्दै सरकारको ध्यानार्कषण गराएको छ । बैठकले आफ्नो नेतृत्वको सरकारले दर्ता गरेको बिधयेक तत्काल अघि बढाउन आग्रह समेत गरेका प्रवक्ता दिलेन्द्र प्रसाद बढुले जानकारी दिनुभयो । त्यस्तै बैठकले आन्दोलनरत तराई मधेसका दलहरुसँग हुने भनिएको निर्णायक वार्ताबारे कुनै जानकारी नभएको जनाएको छ ।
तपाइँको प्रतिक्रिया