सरकारले थारु आन्दोलनकारीसँग वार्ता गर्दै

२३ पुस, काठमाडौं । सरकारले आज थरुहट थारुवान संयुक्त संघर्ष समितिसँग वार्ता गर्दैछ । साँझ सात बजेका लागि वार्ता तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए । वार्ता प्रधानमन्त्री निवास बालुवाटारमा हुनेछ ।पछिल्लो समय सरकार र थारुवटबीच वार्ता रोकिएको थियो । संघर्ष समितिले माघी लगत्तै आन्दोलन गर्ने तयारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वयमले वार्ता गर्न लागेका हुन् ।
तपाइँको प्रतिक्रिया