सरकारले नवलपरासीको वर्दघाटमा नयाँ अस्पताल खोल्ने

नवलपरासी,साउन २९ –
सरकारले नवलपरासीमा १५ शैया क्षमताको नयाँ अस्पताल स्थापना गर्ने भएको छ । अस्पतालका लागि आवश्यक कर्मचारी तथा संगठन संरचनाको तयारी समेत अगाडी बढीसकेको छ ।
सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य मन्त्रालय अन्तर्गत चल्ने अस्पतालका लागि २१ जना कर्मचारी रहने गरी संगठन संरचनाको तयारी अगाडी बढाएको हो । मन्त्रालयले नवलपरासीको बर्दाघाटमा चिसापानी अस्पतालका नाममा सञ्चालन गर्ने आवश्यक तयारी गरेको छ ।सामान्यले गत साउन ५ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार चिसापानी अस्पतालको स्थापनार्थ तयारी अगाडी बढाएको हो ।
मन्त्रीपरिषद्ले स्वास्थ्य मन्त्रालय अन्तर्गत नवलपरासीको वर्दघाटमा, चिसापानी अस्पताल (१५ शैया) स्थापना गर्ने र सो का लागि संगठन संरचना र २१ जना कर्मचारीको दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको थियो ।
तपाइँको प्रतिक्रिया