सरकारले बार्ताको नाटक मात्र : नेता त्रिपाठी

पुरुसोतम सुबेदी, १ असार । तराई मधेश लोकतान्त्रिक पार्टीका बरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठीले सरकारले बार्ताको नाममा नाटकमात्र गर्न खोजेको आरोप लगाउनुभएको छ । सरकारले मधेशको जायज माग पुरा गर्न नखोजेको आरोप लगाउदै नेता त्रिपाठीले सरकारले माग सम्बोधन नगरे देश ठुलो दुर्घटनामा फस्ने बताउनुुभयो । रिपोर्टस क्लब नवलपरासी शाखाले आज नवलपरासीको गुठीप्रसौनीमा त्रिबेणीको निवासमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता त्रिपाठीले सरकारको प्रबृत्ति बास्तबिक बार्ता नभई नाटकीय ढगंको प्रस्तुती माग गरेको आरोप समेत लगाउनुभयो । नेता त्रिपाठीले मधेश आन्दोलनमा मृत्युलाई हरुलाई सहिद घोषणा , घाईतेलाई निशुल्क उपचार र कार्यकर्तामाथी लगाईएको मुद्दा फिर्ता नभएसम्म सरकारसंग निर्णायक बार्ता नहूने दाबी गनूभयो । सरकारले घोषणा गरेको स्थानिय निर्वाचनको कूनै औचित्य नभएको दाबी गर्दै नेता त्रिपाठीले संबिधान मधेशी माजानजाती थारुको जायद माग सम्बोधन गरी बल्ल निर्वाचन सबै दलको सहमतीमा गरिनुपर्ने बिचार राख्नुभयो । सो अवसरमा पार्टी महाधिबेशन सन्दर्भमा अगामी असार ६ गते देखी ८ गतेसम्म नवलपरासीमा संचालन हुने तमलोपाको प्रथम राष्ट्रिय महाधिबेशनलाई सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । उहांले सरकार र शिर्ष दलका नेताहरुले समेत बार्ताको बाहोल सृजना गर्नुपर्ने भएकाले महाधिबेशको उद्घाटन शत्रमा आउने शिर्ष दलका नेताहरुले समेत बार्ताको माहोल सृजना गर्नुपर्ने बिचार राख्नुभयो । सरकार मधेशको माग पुरा गर्न उदाशिन देखिएको आरोप लगाउनुभएको छ ।सरकार मधेशको माग पुरा गर्न बार्ताका नाममा ढिलासुस्ती गर्दै आएको दाबी गर्नुभयो । सरकारले बार्ताको नाममा अल्झाउने काम माग गरेको आरोप लगाउदै नेता त्रिपाठीले मधेशको माग सम्बोधन नभएसम्म देशले निकास पाउन नसक्ने ठोकुवा समेत गर्नुभयो ।
तपाइँको प्रतिक्रिया