सरकारले राम्रो काम गरिरहेको सूचना प्रविधिमन्त्री शर्माको दाबी

बैशाख ०६, काठमाण्डौ
नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई पनि बचाऊ गर्न सक्ने अवस्था नरहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छन् । सरकारले जो कोही यस प्रकरणमा मुछिएपनि त्यसलाई कारबाही गरेर अघि बढ्ने उनको भनाई थियो । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले राम्रो कामको सुरुवात गरेको पनि दाबी गरिन् । विगत र अहिले पनि अरू दलका मन्त्रीहरूले भन्दा माओवादी दलका मन्त्रीहरूले रामो काम गरिरहेको उनको दाबी थियो ।
तपाइँको प्रतिक्रिया