सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको बीमा रकम दोब्बर बनाउने

काठमाडौं माघ ११, सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको बीमा रकम दोब्बर बनाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार विदेशिक रोजगारीमा जाने कामदारको म्यादी जीवन बीमा २० लाख बनाउने घोषणा गर्न लागेका हुन् । अहिलेसम्म विदेश जाने कामदारको बीमा १० लाख बराबरको जीवन विमा हुने गरेको छ । सरकारको नयाँ घोषणापछि वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेको परिवारले साढे ३० लाखसम्म क्षतिपूर्ति पाउने छन् । अहिले वैदेशिक कल्याणकारी कोषमार्फत मृतकका परिवारले ३ लाख पाउँदै आएको छ । यसलाई ७ लाख पुर्याउने यसअघि नै घोषणा भइसकेपनि नियमावली संशोधन नहुँदा कार्यान्वयनमा आउन सकेको छेन । यो छिट्टै कार्यान्वयनमा आउने वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जनाएको छ । बीमा कम्पनीले शव ल्याउन र काजक्रियामा साढे ३ लाख रुपैयाँ पनि दिँदै आएको छ । यो रकम बीमाको १० लाख बाहेकको हो । अब बीमा रकम दोब्बर बनाएपछि पीडित परिवारले साढे ३० लाखसम्म राहत पाउनेछन् ।
तपाइँको प्रतिक्रिया