सरकारी सवारीको दुरुपयोग गरेको उपभोक्ता अधिकार कर्मीहरुले आरोप

नेपाल सरकार खानेपानि मन्त्रालयका सिनियर डिभिजन ईन्जिनियर हिमनाथ लामिछानेले सरकारी सवारीको दुरुपयोग गरेको उपभोक्ता अधिकार कर्मीहरुले आरोप लगाएका छन् । दुई दिन देखि मन्त्रालयको बा २ झ २०९० नम्वरको कार जिल्ला मालपोत कार्यालय भरतपुरको कम्पाउण्डमा देखिएको र निजि कामका लागी सो कार प्रयोग गरिएको भन्दै उपभोक्ता अधिकार संरक्षण मन्च चितवनका उपाध्यक्ष बिष्णु भुषालले खवरदारि गर्नु भयो । कार परिवार सहित मालपोतमा आएको र जग्गा पास गर्न आएको लेखापडि ब्यवसायी र उपभोक्ता अधिकार कर्मीको दाबी छ ।
कारका चालक हरिहर चौधरीले आफुले हाकिम सावलाई लिई आएको बताए । हाकिम साव खानेपानिको कामका लागी चितवन आएको र उहा खानेपानि टंकि निरिक्षणका लागी १ हप्ता देखि यतै रहेको बताए । सर पश्चिम चितवन लागेकाले आफुले कार मालपोतमा राखेको उनको भनाई छ । उनले मन्त्रालयबाट बैशाख २७ गते लिएको भ्रमण आदेशमा बा २ प २०९० नम्वरको गाडि उल्यख छ तर उनले चलाएको गाडिमा बा २ झ २०९० नम्वरको नम्वर पिलेट टासिएको छ । उनले ल्याएको आदेशमा जेठ १ गते सम्म मात्रै सिफारीस भएको छ । तर कार जेठ २ गते मालपोत अगाढी भेटिएको हो ।
चालकले ल्याएको भ्रमण आदेशको पत्रमा उल्यख भएको अल्फाबेट र कारको अल्फाबेट फरक परेकाले धेरैले कार निजि काममा आएको भन्दै खवरदारि गर्नु पर्ने बताएका थिए । सरकारी सवारी दुरुपयोग भएको भन्ने गुनासो आएपछि फोटो तथा भिडियो खिच्न थालेपछि चालकले कार त्यहा बाट अन्यत्र लगेका थिए ।
जिल्ला मालपोत कार्यालय चितवनका प्रमुख लाल कृष्ण शर्मा पौडेलले दुई दिन देखि आफुले सरकारी कार आफनो परिसरमा देखेको तर को आयो किन आयो भन्ने आफुलाई जानकारी नभएको बताउनु भयो । उपभोक्ता अधिकार कर्मीले प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत समक्ष गुनासो समेत गरेका थिए ।
तपाइँको प्रतिक्रिया