सरकार ढाल्ने र बनाउने खेलमा छैन : एमालेका उपाध्यक्ष वामदेव गौतम

रुपन्देही कार्तिक ८, नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले सरकार ढाल्ने र बनाउने खेलमा नलागेको बताएका छन् । आइतबार प्रेस चौतारी नेपाल रुपन्देहीले मणिग्राममा गरेको पत्रकार सम्मेलनमा उहाले राष्ट्रिय सहमतिको आवश्यकता रहेपनि आफूहरु सरकार ढाल्ने र बनाउने खेलमा नलागेको बताए । अख्तियार प्रमुख लोकमानसिंह कार्कीले प्रतिसोधपूर्ण हिसाबले काम गर्न थालेकाले महाभियोगको प्रस्ताव आएको उहाले बताए । लोकमानसिंह कार्कीको महाअभियोग प्रस्तावका कारण सरकार ढाल्ने चर्चा चलेको विषय उल्लेख गर्दै उशाले प्रचण्ड नेतृत्वको सरकार ढालेर अर्को सरकार बनाउने खेलमा नलागेको बताए। उनले एमाले, कांग्रेस, माओवादी र अरु दलहरुलाई राष्ट्रिय सहमतिको सरकारको आवश्यकता रहेको बताए। उनले एमाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वका रहेको सरकारको विरुद्वमा अविश्वासको प्रस्ताव पेश गरेर अर्को सरकार बनाउने खेलमा नलागेको बताए ।
तपाइँको प्रतिक्रिया