सर्वशक्तिको आह्वानमा एक सय एक प्वाईन्ट रगत संकलन

भरतपुर उपमहानगरपालिका २ मा रहेको सर्वशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आह्वान गरेको रक्तदान कार्यक्रममा एक सय एक प्वाइन्ट रगत संकलन भएको छ । संस्थाका सचिव विष्णु अधिकारीले दिएको जानकारी अनुसार सोमबार संस्थाको कार्यालय नजिकै लायन्सचोक नमस्ते मिनी पार्कमा आयोजना गरिएको खुल्ला रक्तदानमा १८ जना महिलासहित एक सय एक जनाले रक्तदान गर्नु भएको हो । गर्मी मौसमको शुरुआत संगै रगतको अभाव हुने भएकाले त्यसलाई पूर्ति गर्न सघाउ पु¥याउने उद्धेश्यका साथ उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष मित्रराज दबाडीले बताउनुभयो । रक्तदान कार्यक्रममा रक्तदाता परिचय झल्कने आकर्षक टिसर्ट समेत दातालाई वितरण गरिएको थियो ।संस्थाका संस्थापक अध्यक्ष खिमलाल भण्डारीले रक्तदान कार्यक्रम संयोजक विष्णु पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरि रक्तदान कार्यक्रम शुरु भएको थियो ।
तपाइँको प्रतिक्रिया