सर्वोच्चको गेटमा कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी, स्थिति तनावपूर्ण

काठमाडौं, २ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई अदालत प्रवेशमा रोक लगाउने तयारीका साथ अदालत प्रवेश गरेका कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी भएको छ ।
प्रहरीले सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, बरिष्ठ अधिवक्ता सविता भण्डारी लगायतमाथि प्रहरीले हातपात गरेको हो ।
प्रधानन्यायाधीश सर्वोच्च पस्ने गरेको गेटमा आन्दोलनकारीले अवरोध पुर्याउन खोजे पनि प्रहरीले रोकेको थियो । प्रहरी र आन्दोलनकारीबीचको घम्साघम्सीमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ सामान्य घाइते भएको वकिलहरूले दाबी गरेका छन् ।
तपाइँको प्रतिक्रिया