सर्वोच्च अदालत : आजपनि कानून व्यवसायी र प्रहरीबीच घम्साघम्सी

काठमाडौं, ३ मंसिर ।
शुक्रबार पनि सर्वोच्च अदालत परिसरमा कानून व्यवसायी र प्रहरीबीच घम्साघम्सी भएको छ । धक्का मुक्कामा वकिल लक्ष्मी पोखरेल लगायतलाई चोट लागेको वारका प्रतिनिधिहरुले बताएका छन् ।
नियमित रुपमा कानून व्यवसायीहरू धर्ना बसिरहेको सर्वोच्च परिसरमा आज सुरक्षाकर्मीले घेरा हालेको छ । अहिले कानून व्यवसायी सोही ठाउँमा जान खोजिरहेका छन् भने प्रहरीले रोकिरहेको छ ।
आ-आफ्ना एकाईका ब्यानरसहित शुक्रबार बारको केन्द्रीय कार्यालय अगाडि जम्मा भएका वकिललाई प्रहरीले रोक्न खोज्दा धकेलाधकेल भएको हो।
यसअघि बिहीवार पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा अदालतलाई युद्ध मैदानजस्तो बनाइएको भन्दै बारले मानव अधिकार सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुलाई आक्रमणको अनुसन्धान र आगामी कार्यक्रमहरुको अनुगमन गर्न आह्वान गरिसकेको छ।
बारले शुक्रबारदेखि अदालत परिसरबाट प्रहरी हटाउन गृह मन्त्रालय र सर्वोच्च अदालत प्रशासनको ध्यानाकर्षण पनि गराएको छ। बारले कुनै पनि कानून व्यवसायीमाथि आक्रमण तथा असुरक्षाको अवस्था उत्पन्न भएमा त्यसको सम्पूर्ण जिम्मेवारी प्रधानन्यायाधीश, अदालत प्रशासन र गृह प्रशासनले लिनुपर्ने बताएको छ।
तपाइँको प्रतिक्रिया