सवारीसाधनमा जोरबिजोर प्रणाली लागू

सरकारले आइतबारदेखि लागू हुनेगरी देशभर सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । नयाँ व्यवस्थाअनुसार जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारीसाधन सञ्चालन भएका छन् । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार अत्यावश्यकीय सवारीसाधनबाहेक अन्य सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने मन्त्रालयले निर्णय गरेको हो । अत्यावश्यकीय सवारीसाधनको रुपमा सुरक्षा निकायका सवारीसधान, एम्बुलेन्स, दमकल, शबवाहन, तरकारी, फोहोर बोक्ने, दुध बोक्ने, पानी बोक्ने सवारीसाधनमा भने जोरबिजोर प्रणाली लागू नहुने गृहले जनाएको छ । यो व्यवस्थाबाट सर्वसाधारणमा पर्न जाने असरप्रति संवेदनशील हुँदै आपूर्ति सहज गराउन सरकार प्रत्यनशील रहेको र आपूर्तिमा सुधार नभएसम्मको लागि धैर्य गरी पेट्रोलियम पदार्थको उपभोगमा मितव्ययिता अपनाउन र अनावश्यकरूपमा सञ्चय नगरिदिनु हुन सबैमा अनुरोध गरेको छ । पछिल्लो समय भारतबाट पेट्रोलियम पदार्थको सहज आपूर्तिमा कठिनाइ उत्पन्न भएकाले जोरबिजोर प्रणाली लागू गरिएको सरकारले नजाएकोछ । सरकारले पेट्रोलियम पदार्थको सकभर कम प्रयोग गर्नसमेत सर्वसाधारणमा आग्रह गरेको छ ।
तपाइँको प्रतिक्रिया