सवारी दुर्घटनामा परि नवलपरासीमा आईतबार ४ को मृत्यु

१७, नवलपरासीमा छुटाछुटै सवारी दुर्घटनामा परि आईतबार राति ४ जनाको मृत्यु भएको छ । जिल्लाको चोरमारा नारायणी भित्रि सडक खण्ड अन्र्तगत राती १० बजेको समयमा लु २ त ६५०९ नम्बरको टक्टरले पैदल यात्रीलाई ठक्कर दिदा १ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मध्यबिन्दु ४ चोरमाराको ५९ बर्षिय रम्भा बश्याल रहेको ईलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ । त्यस्तै पुर्बपश्चिम रार्जमार्ग अन्तगत दुम्किबासमा राति २ बजेको समयमा पुर्ब बाट पश्चिम तर्फ जादै गरेको लु १ ख ६३६६ नम्बरको ट्रकले बाटो उभिईरहेका धादिङ ४ चयनपुर बस्ने चन्दकान्त छतकुलीको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यतै नवलपरासीको प्रतापपुर ४ प्रतापपुरमा रातको समयमा ठूलो पूलमा बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक महेश्वर प्रसाद उपाध्यायले दिएको जानकारी अनुसार त्रिवेणी बाट बर्दघाट जादै गरेको लु १ ख४१,७७ नम्बरको बसले प्रतापपुर ३ माघवपुर घर भएका अन्दाजि वर्ष १७ का सुरज क्षेष्ठलाई बसले ठक्कर दिदाँ गम्भीर घाइते भएको थिए । घाइतेलाई उपचारका लागि सामुदायिक अस्पताल चौपत्ता मा लौजादा बाटोमा नै मृत्यु भएको प्रहरीले बताएको छ । यसैगरी नवलपरासी रामग्राम नगरपालिकामा आईतबार दिउसो सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारी अनुसार रामग्राम ११ जिल्ला कारागाार आगाडी रोकी राखेको ना ५ ख १४६२ नम्बरको ट्रकलाइ लु २५ प २१२३ नम्बरको मोटर साइकलले ठक्कर दिदा मोटर साइकलमा सवार दुइजना घाइते भएकोमा एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनमा मोटर साइकल चालक रामग्राम नगरपालिका बस्ने वषै २५ प्रेम राय चौधरी रहेका छन ।
तपाइँको प्रतिक्रिया