सवारी दुर्घटनामा परि २४ जना घाईते

गैँडाकोट, ५ श्रावण ।
नवलपुरको अरुणखोलामा आज विहान भएको सवारी दुर्घटनामा परि २४ जना घाईते भएका छन् । विहान ४ बजेर ५० मिनेट जादाको समयमा नवलपुर जिल्लाको मध्यविन्दु नगरपालीका वडा नं. १० अरुणखोला पुल स्थित, पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा परि २४ जना घाईते भएका हुन् ।
पश्चिम बाट पूर्व तर्फ आउदै गरेको ना.५.ख ९०६४ नं. को ट्रकलाई सोही दिशाबाट आउदंै गरेको ना.५.ख ५७६३ नं. को बसले पछाडिबाट ठक्कर दिदां बसमा सबार ४२ जना मध्ये २४ जना घाईते भएको जिल्ला प्रहरी कार्यलय नवलपुरका प्रहरी नायव उपरिक्षक लिलाराज लामीछानेले जानकारी दिनु भयो ।
घाईते मध्ये ७ जना सामान्य घाईतेहरुको चितवको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ भने सामान्य घाईते रहेका ८ जनाको मध्यविन्दु सामुदायीक अस्पताल डण्डामा उपचार भैरहेको जनाईएको छ यस्तै ९ घाईतेलाई मनकामना पोलीक्लीनिक अरुणखोलामा उपचार भई रहेको प्रहरी नायव उपरिक्षक लामीछानेले जानकारी दिनु भयो ।
दुर्घटनामा संलग्न सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।
तपाइँको प्रतिक्रिया