सवारी दुर्घटना न्यूनिकरण सम्बन्धि एक दिबसिय कार्यशाला गोष्ठी

बिबेक भण्डारी ७, मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यलय पथलैया ,बाराको आयोजनामा आज गैडाकोटमा ट्राफिक ब्यबस्थापन तथा सवारी दुर्घटना न्यूनिकरण सम्बन्धि एक दिबसिय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । ट्राफिक नियमको पालना गरौ आफु बचौ र अरुलाई पनि बचाऔं भन्ने नाराका साथ कार्यक्रम गरिएको हो । औषत दिनहु ६ वटा सवारी दुर्घटना हुने र बार्षीक रुपमा १७ प्रतिशतले सवारी दुर्घटना बढिरहेको छ। यस अबस्थामा ट्राफिक ब्यवस्थापन र सवारी दुर्घटना न्यूनिकरण बारे जानाकारी गराउन सो कार्यक्रम सन्चालन गरिएको हो । कार्यक्रममा बोल्दै चितवन जिल्ला सरकारी वकिल बारमा प्रमुख मनिराम पौडेल सवारी दुर्घटना हुनुको प्रमुख कारण यातायात सिन्डीकेटरहेको बताउनुभयो । उहाले सवारी किन्ने र बेच्नेले सवारी अनुमतिपत्र भए नभएकोमा चेकजाच गनुपर्नेमा जोड दिनुभयो । ब्यवस्था राम्रो बनाउन जोड दिनुपर्ने ब्यवस्थामा रहेर काम गर्न सके दुर्घटना संगै धनजनको क्षति पनि कम हुनसक्ने प्याबसन चितवनका अध्यक्ष बेलबहादुर गुरुङग ले बताउनुभयो । कर्यक्रममा अतिथीका रुपमा रहनुभएका चितवन प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंहले हरेक बर्ष दुर्घटनाका संङख्यामा बृद्धि भइरहेको छ हामी सजग हुनुपर्ने तर हुन नसकेको बताउनुभयो आन्दोलन र अन्य घटनाले दुर्घटना बढाएका छन । हामी ठुला दुर्घटना हुदा गोष्ठी गछौ तर केही समयपछि बिस्तारै कार्यक्रमहरु कम भएर जाने बताउनुभयो कार्यक्रममा प्रमुख अतिथिको रुपमा मध्य क्षेत्रिय प्रशासन कार्यलयका प्रमुख क्षेत्रीय प्रशासक डाक्टर लवदेब अवस्थी रहनुभएको थियो । बिशिष्ट्र अतिथीमा प्रहरी प्रधान कार्यलय कार्यबिभागका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक केदार प्रकाश साउद रहनुभएको थियो ।
तपाइँको प्रतिक्रिया