सवारी दुर्घटना हुँदा ७ जना घाईते ,२को अवस्था गम्भिर

नवलपरासीको सन्डामा सवारी दुर्घटना हुँदा ७ जना घाईते भएका छन् । जसमध्ये २ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ । परासीबाट सुनवलका लागि छुटेको ना १ ज १३ १७ नम्बरको जिप सन्डास्थित वडा नम्बर १ मा दुर्घटना हुँदा जिपका चालक सुनवल निवासी वर्ष २४ का कमल परियार र जीपमा सवार भारतको फैजवाबाद बस्ने वर्ष ३२ का सियाराम कनौजी गम्भिर घाईते भएको प्रहरीले बताएको छ । उनिहरुलाई उपचारका लागि बिहान पृथ्वी चन्द्र अस्पतालमा ल्याईएको र सामान्य उपचारपछि बुटवल रिफर गरीएको भएपनि त्यहाँ पनि उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेज रिफर गरीएको प्रहरीले बताएको छ । जिपमा सवार अन्य ५ जना सामान्य घाईते भएकाले पृथ्वी चन्द्र अस्पतालमा सामान्य उपचार गरी घर पठाएको प्रहरीले जनाएको छ । जिप बाटोमा छाडा छोडिएका भैसीलाई बचाउन खोज्दा दुर्घटनामा परेको स्थानीय प्रत्यक्षदर्शीले बताएको छ । यसरी सडक वरपर गाई बस्तु छाडा छाड्ने प्रबृत्तिले धेरै पटक यस्ता दुर्घटना निम्तिएको छ । यस्मा सम्बन्धित निकायको ध्यान जान सकेकोे छैन ।
तपाइँको प्रतिक्रिया