सवारी दुर्घटना हुदा 2 जना गम्भीर घाइते

नवलपरासी, साउन-२८, नवलपरासीको प्रतापपुरमा बोलेरो कारले मोटरसाइकलाई ठक्कर दिदा दुई जना गम्भीर घाइते भएका छन । घाइते हुनेमा मोटरसाइकल चालक त्रिबेणी सुस्ता-५ बस्ने अन्दाजी २५ बर्षिय अमिर हुसेन र उनकी श्रीमती रुबिना खातुन रहेका छन । सेमरीबाट आउदै गरेको ना ३ च २६८४ नम्बर बोलेरो कार र विपरीत दिशा तर्फबाट आउंदै गरेको भारतीय नम्बर प्लेटयुपी ५७ क्यु ८५८९ मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बेलाटरीले जनाएको छ । घाइते हुसेन र खातुनलाई उपचारका लागि सहिद स्मृति सामुदायिक अस्पताल चौपता पठाइएको छ । घाइतेहरुको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ । कार र चालकलाइ ईलाका प्रहरी कार्यालय बेलाटारीको नियन्त्रणमा रहेका छन ।
तपाइँको प्रतिक्रिया