सस्तो लोकप्रियता कमाउने खालको बजेट आउँदैन, प्रधानमन्त्री

काठमाण्डौँ, ९ जेठ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सस्तो लोकप्रियता कमाउने गरी बजेट नआउने बताउनु भएको छ । अध्यादेशमार्फत बजेट आउने बताउँदै उहाँले विकास निर्माणलाई निरन्तरता दिए पनि कोभिड केन्द्रित बजेट ल्याउने बताउनु भयो । चान चुने बजेट होइन, ‘दुरगामी महत्वको बजेट आउँछ,’ बालुवाटारमा पत्रकारहरूसँगको अन्तरक्रियामा ओलीले भन्नु भयो ।
उहाँले विकास निर्माणलाई निरन्तरता पनि दिने तर विषेश कोभिड केन्द्रित हुन्छौं भन्नु भयो । उहाँले चुनावको मुखमा बजेट आउन लागेको भए पनि सस्तो लोकप्रियता कमाउने र चुनाव प्रभावित पार्ने बजेट नल्याउने बताउनु भयो ।
तपाइँको प्रतिक्रिया