सहमतिको सरकारको नेतृत्व एमालेले नै गर्ने : झलनाथ खनाल

नेकपा एमालेका बरिष्ट नेता झलनाथ खनालले सहमतिको सरकारको नेतृत्व एमालेले नै गर्ने बताउनुभएको छ । शुक्रबार व्यबस्थापिका संसद बैठकपछि सञ्चारकर्मीमाझ प्रतिक्रिया दिदै खनालले सहमतिका साथ अघि बढ्नु मुलुकको अहिलेको आवश्यता भएको भन्दै सहमतिय सरकारको नतृत्व एमालेले गर्ने बताउनुभएको हो । उहाले सहमतिय सरकार गठनका लागी आह्वान भएको एकसाता भित्र मुलुकले नया प्रधानमन्त्री पाउने समेत बताउनुभयो । बहुमतिय आधारमा प्रधानमन्त्री चयन हुने बिकल्प भएपछि यसअघिको सहमतिकै आधारमा प्रधानमन्त्री चयन हुने उहाको भनाई छ । प्रधानमन्त्री चयनका लागी भईरहेको बैदेशिक हस्तक्षेपलाई उहाले स्वभाविक भएको टिप्पणी गर्नुभयो ।
तपाइँको प्रतिक्रिया