सहमति कार्यान्वयनको प्रतिवद्धता आए आन्दोलन आजै रोकिन्छ : उपेन्द्र यादव

१६ असोज, बारा । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतको सहमति कार्यन्वयन गर्ने प्रतिबद्धता नआएसम्म आन्दोलन नरोकिने बताएका छन् ।
कलैयामा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै यादवले सरकारले आफैंले गरेको सहमति कार्यन्वयन गर्न नचाहेको आरोप लगाए ।
मधेसी मोर्चासँग भएको २२ र ८ बुन्दे सहमति कार्यन्वयन गर्ने प्रतिबद्धता जनाए आजैदेखि स्थगन गरिने बताए । ‘यो माग पुरा गरेँ, त्यो माग पुरा गरेँ भन्दै अहिले सत्तापक्षबाट प्रचार भइरहेको छ’ फोरम अध्यक्ष यादवले भने-‘अहिले प्रचार र बिज्ञापनको काम छैन्, पुरानै सहमति कार्यन्वयन गरे हुन्छ ।’
यादवले देशमा विषम परिस्थितिको बेला पनि प्रमुख दलहरुले सकार गठन बिघटनको खेलमा लागेको आरोप लगाए । ‘तराई मधेसमा जनता भोकभोकै आन्दोलनमा छन्, तर कांग्रेस र एमाले सरकार बनाउने र गिराउने सत्ताको फोहरी खेलमा रामाउँदैछन्’ उनले भने -‘जनताको खुशी लुटेर उनीहरु कुर्सीमा रमाउन मस्त छन्, यस्ता नेताहरुबाट जनता आक्रोशित छन् ।’
वार्ताबाटै समस्या समाधान किन नगरेका भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा अध्यक्ष यादवले आफूहरु वार्ता विरोधी नभएको बताए । उनले भने-‘सरकारले जनतालाई ताकीताकी बन्दुक ठोकिरहने र वार्ताको प्रचार गरेर वार्ता हुँदैन्, सरकारले जनता मार्ने काम बन्द गर्नुपर्यो ।’
मधेसी, आदिवासी जनजाति, महिला, दलित, पिछडावर्ग लगायतको अधिकार सुनिश्चित नभएसम्म आन्दोलन स्थगित नगर्ने उनले बताए ।
फोरम नेपालका महासचिव रामसहाय यादवले सरकारले वार्ताको नाममा नाटक गरिरहेको आरोप लगाए । ‘हाम्रो नयाँ माग केही छैन्, बार्ताबाटै भएको बिगतको सम्झौता कार्यन्वयन गर्न फेरि वार्ताको आवश्यकता पनि छैन्’ यादवले भने ।
तपाइँको प्रतिक्रिया