सहमतीय सरकार गठन हुन नदिन चलेखेल बढेको भन्दै अबको प्रधानमन्त्री बहुमतीय आधारमा चयन हुने : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले सहमतीय सरकार गठन हुन नदिन चलेखेल बढेको भन्दै अबको प्रधानमन्त्री बहुमतीय आधारमा चयन हुने बताउनुभएको छ । शनिबार काठमाडौमा युवा संघको केन्द्रिय कमिटी बैठकको उद्घाटन गर्दै अध्यक्ष ओलीले दलहरुबीच सहमतिको आधारमा सरकार गठन गर्न अधिकतम कोशिश भएपनि सम्भन नदेखिएको बताउनुभएको हो । मुलुकले असोज २४ गतेभित्र प्रधानमन्त्री पाउने उहाकोे भनाई थियो। दलहरुबीच भएको सहमति अनुसार मुलुकले प्रधानमन्त्री पाउने उहाले बताउनुभयो । संविधानसभाबाट संविधान जारी भएपछि भारतले अघोषित नाकाबन्दी गर्दा जनजीवन प्रभावित भएको भन्दै उहाँले उक्त नाकाबन्दी वार्ताका माध्यमबाट छिट्टै अन्त्य हुने उल्लेख गर्नु भयो । नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले समुद्रसँग जोड्नका लागि अधिकार भएको बताउँदै उहाँले नाकाबन्दी भएर पनि नयाँ संविधान पाएकामा नेपाली खुसी भएको विचार व्यक्त गर्नुभयो । उहाँले प्रतिक्रियावादीको चलखेलका कारण पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेको र दोस्रो संविधानसभामा उनीहरुको जोर नचलेपछि मधेसी जनतालाई उचाल्ने काम भएको बताउनुभयो ।
कार्यक्रममा युवा सङ्घका इन्चार्ज शेरधन राईले सङ्घलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताउनुभयो । सङ्घका प्रवक्ता प्रभातविक्रम कटुवालका अनुसार सङ्घका अध्यक्ष निरुपालको अध्यक्षतामा बसिरहेको बैठकले संविधान जारी भएपछि उत्पन्न अवस्थालाई ध्यान दिँदै नयाँ कार्यक्रम तय गर्नेछ ।
तपाइँको प्रतिक्रिया