सहयोगको अपेक्षामा बस्दै बोटे समुदाय

पौष ६ , गैँडाकोट
शीतलहर लम्बिँदै जाँदा तराईका विपन्न बासिन्दाको दैनिकी थप कष्टकर बन्दै गएको छ । न्यानो लुगा अभावमा कठ्यांग्रिएर जीवनयापन गर्दे आएका छन नवलपुरका बोटे समुदाय । जाडोले सबैभन्दा बढी विपन्न दलित बस्तीका वृद्धवृद्धा, बालबालिका प्रभावित छन । नारायणी नदी किनारबाट नजिकै रहेको बोटे टोलमा बस्ने मानिसहरुले दिनरात कटाउन निकै गाह«ो भएको बताएका छन् । आफूसंग लगाउने न्यायो कपडा नहुँदा निकै अप्ठ्यारो भएको गैंडाकोट २ बोटे टोल निवासी नन्दलाल न्यौपानेले बताउनुभयो । आफूहरुलाई कसैले कपडा , दाउरा सहयोग गरिदिए आफूहरुलाई सहज हुने उहाँको भनाई थियो । सहयोगी मन भएकाहरुले केहि न्यायो कपडा तथा सामुदायिक वनहरुले दाउरा दिएमा यो जाडो कटाउन आफूहरुलाई सहज हुने उनी बताउँछन् । नारायणी नदी किनारै भएको कारण नदीको चिसो हावा लाग्ने भयो त्यही माथी पुस लागे सगै चलेको शितलहरका कारण बोटेमा रहेको ७५ घरधुरीका मानिसहरुको जीवन प्रभावित बनेको हो ।
तपाइँको प्रतिक्रिया