सहिदप्रति श्रद्धाञ्जलि अर्पण

१६ माघ,प्रधानमन्त्री केपी शर्मा ओलीले सहिद दिवसका अवसरमा लैनचौरस्थित सहिद स्मारकमा पुगी सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । सहिद सप्ताहअन्तर्गत आज अन्तिम दिन प्रधानमन्त्री ओलीले सहिद स्मारकमा माल्यार्पण गर्नुभएको हो । सो अवसरमा सरकारका मन्त्री, संवैधानिक निकायका प्रमुख, नेपाली सेनाका प्रधानसेनापति, राज्यका उच्च पदाधिकारी एवम् प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षकलगायतको उपस्थित रहेको थियो । यसैबचि देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै देशभर शनिबार सहिद दिवस मनाइँदै छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष सहिद दिवस मनाइँदै आएको छ । वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा सहिद दिवस मनाइएको हो ।
तपाइँको प्रतिक्रिया