सहिद स्मारक सि डिभिजन राष्ट्रिय फुटबल लिग छनोटमा सहभागि हुने खेलाडीलाई बिदाई

ज्ञानु पंगेनी
कावासोती, कार्तिक १३
अखिल नेपाल फुटबल सघ (एनफा) को आयोजनामा काठमाडौंमा हुनगैरहेको सहिद स्मारक सि डिभिजन राष्ट्रिय फुटबल लिग छनोट खेलमा सहभागि हुने खेलाडीलाई कावासोती नगरपालिका र वडा नं. ३ को कार्यालयले बिदाई गरेको छ ।
आइतबार नगरपालिका परिसरमा एक कार्यक्रमबीच नगर प्रमुख विष्णु प्रसाद भुसालले खेलाडीलाई खादा र अबिर लगाएर बिदाई गर्नुभएको नगर प्रवक्ता तथा कावासोती तीनका अध्यक्ष डोरमान गिरीले जानकारी दिनुभयो । खेलाडीलाई जितको शुभकामना दिदै नगर प्रमुख भुसालले खेलाडीलाई बिदाई गर्नुभएको हो ।
कावासोती तीन स्थित २८ बिगाहा युवा क्लबका २१ जना खेलाडी तथा अफिसियलहरू नवलपुर जिल्लाकै प्रतिनिधित्व गर्दै काटमाण्डौँ प्रस्थान गरेको प्रवक्ता गिरीले जानकारी दिनुभयो । बिदाई कार्यक्रममा नगर प्रमुख विष्णु प्रसाद , नगर प्रवक्ता तथा कावासोती तीनका अध्यक्ष डोरमान गिरी, कावासोती १२ का अध्यक्ष दिपेश खनाल , वडा सदस्यहरू एवं कर्मचारीहरूको उपस्थितिमा खेलाडीहरूलाई अग्रिम छनौटको शुभकामना सहित बिदाई गरिएको हो ।
तपाइँको प्रतिक्रिया