सांसद कलवार संबिधान लिएर घर दैलो अभियानमा

पुरुषोत्तम सुबेदी,परासी , ११ कार्तिक । जारी संबिधान प्रति असहती जनाउदै मधेशमा आन्दोलन भईरहेको बेला नवलपरासीमा एक जना मधेशी सांसदले संबिधानले सबै मधेशीको हक अधिकार सुनिश्चित भएको भन्दै जनचेतना फैलाउन जनता सामु पुगेका छन् ।नवलपरासी निर्वाचन क्षेत्र न. ६ बाट निर्वाचित सांसद कलवारले पछिल्लो समय आफ्नो निर्वाचन क्षेत्रमा गएर मधेशी जनतालाई संबिधान सबै मधेशीको पक्षमा रहेको जानकारी गराउदै आएका हुन् । तराई मधेश लोकतान्त्रिक पार्टीका बरिष्ट नेता हृदेश त्रिपाठीसंग धैरै मतअन्तरले बिजयी भएका सांसद कलवारले आफ्ना निर्वाचन क्षेत्रमा घर दैलौ गरी मधेश र मधेशीका लागी संबिधानमा अधिकाशं कुरा समाबेश भएको भन्दै जनचेतना फैलाउदै लागेका छन् ।आफु गाउं गाउंमा गएर जनताको प्रत्यक्ष प्रतिकृया लिदा अधिकाशं मधेशीले आफनो हक अधिकारमा संबिधानमा उल्लेख भएको प्रतिकृया आएपनि अझै पनि मधेशमा प्रयाप्त जानकारी नहुदा मधेशमा केही समस्या देखिएको सांसद कलवारले जिकिर गर्नुभयो । आफु जनता सामु जादा आएको संबिधान सबै मधेशीलाई राम्ररी बुझन नपाउदा केही समस्या देखा परेको स्विकार गर्दै सांसद कलवारले एक पटक सबै सांसद आ आफ्नो क्षेत्र गएर सबै नेपालीलाई संबिधानबारे प्रष्ट पार्नआवश्यक रहेको निष्कर्ष निकाल्नुभयो ।
तपाइँको प्रतिक्रिया