साइबर सुरक्षा नीति अख्तियार गर्दै सरकार

असोज १५, काठमाण्डौं । सरकारले इन्टरनेट र सञ्चार प्रविधिका अन्य क्षेत्रको प्रयोग बढ्दै गएकाले व्यवस्थापनका लागि साइबर सेक्युरिटी (सुरक्षा) नीति बनाउने तयारी थालेको छ । सूचना र प्रविधि तथा सञ्चार र गृह मन्त्रालयका अधिकारी सहितको कार्यदलसमेत तयार गरिएको छ ।
गत महिना मात्र पारित गरेको सूचना प्रविधि नीतिमा समेत यसलाई सम्बोधन गरिएको छ। ‘सूचनाको संस्थागत व्यवस्था हुनु आवश्यक छ, यसको प्रयोगबाट आउन सक्ने चुनौतीको सामना गर्न रणनीतिक उपाय अवलम्बन गर्न साइबर सुरक्षाको आवश्यकता देखिएको हो’ नीतिमा उल्लेख छ ।
तपाइँको प्रतिक्रिया