सागमा नेपाललाई दोस्रो स्वर्ण, जुडोमा फुपु ल्हामुलाई सफलता

३ फागुन, काठमाडौं । भारतमा जारी १२ औं दक्षिण एशियाली खेलकुदमा नेपालले दोस्रो स्वर्ण जितेको छ । जुडोको महिलातर्फ ६३ केजीमुनि तौलमा फुपु ल्हामु खत्रीले स्वर्ण जितेकी हुन् । राउण्ड रोविन प्रणालीमा खेलाइएको खेलमा उनले सबै प्रतिस्पर्धीलाई पराजित गरेकी थिइन । हंगेरीको बुढापेष्टमा बिशेष प्रशिक्षणमा लिएर खत्री दुई दिनअघि मात्रै सिलोङ पुगेकी हुन् ।
यसअघि उसुमा नेपालकी निमा घर्तीमगरले स्वर्ण जितेकी थिइन् । उसुको थाउलोतर्फ उनले नेपालका लागि पहिलो स्वर्ण दिलाएकी थिइन् ।
तपाइँको प्रतिक्रिया