साता पछि चिनी उद्योगमा लगाईएको ताला खुल्यो

पुरुषोत्तम सुबेदी
नवलपरासी ,२६ वैशाख ,चिनी उद्योगले किसानहरुलाई उखुको रकम लिएबापत भुक्तानी नगरेको भन्दै एक साता अघि नवलपरासीको ईन्दिरा सगर मिलमा लगाईएको ताला खुलेको छ । किसान , किसान प्रतिनिधी र उद्योग संचालक बिच शुक्रबार भएको त्रिपक्षीय बार्ता सहमतीमा पुगेपछि उद्योगमा लगाईएको ताला खोलीएको हो । सो क्रममा तत्काल सुचना प्रकाशन गरी क्रमश किसानहरुलाई रकम भुक्तानी दिने लगायतका ३ बुदे सहमती भएको उँखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले बताउनु भयो । लामो समयवाट उँखुको भुक्तानी नदिएको भन्दै ईन्दिरा सुगर मिल गँगापुर र त्यस्को स्वामित्तवमा रहेको त्रिपुरेश्वर कन्डक्टर उद्योगमा उँखु किसानहरु उँखु उत्पादक कृषक समितिको अगुवाईमा एक साता अघि ताला लगाएका थिए । मिलवाट भुक्तानी गर्न बाकी रहेको रकम रु ५ करोड ४९ लाख वैशाख २६ गतेवाट भुक्तानी गर्न सुरु गर्ने र असार ५ गते भित्रै भुक्तानी पुरा गर्ने , नेपाल सरकारवाट प्राप्त प्रति क्युन्टल २५ रुपैयाको अनुदान प्राप्त गर्नका लागी मिलले जिल्ला कृषि विकास कार्यालयलाई उँखु कृषकहरुको विस्तरित विवरण कार्यालयमा बुझाउने र किसानहरुले बेलाटारीमा उँखु कृषक समितिको भवन निर्माणका लागी मिलले प्रति क्युन्टल १ रुपैयाको दरले काटेको रकम १५ दिन भित्रै समितिलाई बुझाउने सहमती भएको समितिका अध्यक्ष उमेशचन्द्र यादवले बताउनु भयो । यस बाहेक नवलपरासीमानै लुम्बिनी चिनी उद्योग संग गत बर्षको रु ६० देखी ७० लाख र यस बर्षको रु ५ करोड ३० लाख गरी करिब ६ करोड र बागमती खाडसारीले अघिल्लो बर्षको भुक्तानी गरेपनि यस बर्षको करिब ६ करोड बक्यौता रकम किसानहरुले लिन बाकी रहेको उखु कर्षक समितीले जनाएको छ । जिल्लामा करिब १४ हजार घरपरिवार उखु खेती गर्ने गरेका उखु उत्पादक कृषक समितिको तथ्याँक रहेको छ । जिल्लाको कुल साढे ७ हजार हेक्टयर क्षेत्रफलमा उखु खेती हुदै आएको छ । जिल्लामा बार्षिक २० देखी २५ लाख कुईन्टल उखु खेती उत्पादन हुदै आएको छ । जिल्लामा चार वटा चिनी मिल उद्योग छ र करिब ५० भन्दा बढी साना क्रसर ( भेली ) उद्योग छन् ।
तपाइँको प्रतिक्रिया