साना देखी ठुला सम्मको राष्ट्रिय आयोजनाहरु अलपत्र

पुरुषोत्तम सुबेदी
नवलपरासी, ३ जेठ । नवलपरासीमा निमार्ण सामाग्रीको अभावमा साना देखी ठुला सम्मको राष्ट्रिय आयोजनाहरु अलपत्र परेका छन् । जिल्लामा निमार्ण कार्यका लागी सबैभन्दा बढी आवश्यक खोला जन्य बस्तु ( ढुगां गिटी , बालुवा ) अभाव भएपछि सबैखाले राष्ट्रिय आयोजनाहरु अलपत्र परेका हुन् ।बिशेष गरी यस आर्थिक बर्षमा जिल्लाका सबै खोला नालामा खोला जन्य बस्तु ( ढुगां गिटी , बालुवा ) को निकासीका लागि ठेक्का लाग्न नसक्दा नवलपरासीमा बिकास निमार्णका कामहरु प्रभाबीत बनेका छन् । जिविसले अहिलेसम्म तुरीया , रयपुरवा , खजुरा , पानभार र बौलाहा गरी ५ वटा खेला नालाबाट मात्र नदीजन्य कच्चा पदार्थको निकासीलाई ठेक्का लगाएको छ ।ठेक्का लागेका ति खोला नालाबाट निकालीएको खोला जन्य बस्तु ( ढुगां गिटी , बालुवा ) बाट मात्र आयोजनाहरुलाई आवश्यक कच्चा पदार्थ प्रयाप्त हुन नसक्दा यसै आर्थिक बर्षमा सम्पन्न हुुनुपर्ने एक दर्जन बढी ठुला आयोजनाहरु समेत अलपत्र परेका छन् ।सबै आयोजनका लागी खोला जन्य पदार्थको आभाबमा करिब ४ अर्ब बराबरको साना र ठुला निमार्ण आयोजनाहरु अलपत्र परेको निमार्ण ब्यवसायी संघका जिल्ला अध्यक्ष नबिन ज्ञवालीले बताउनुभयो ।निमार्ण ब्यवसायी संघ नवलपरासीले सुनवल पत्रकार सम्मेलनको आयोजना गरी खोला जन्य पदार्थको अभाबमा ठुला बिकास निमार्ण काम र निमार्ण परीयोजनाहरुको काम प्रभाबीत जनाएको हो ।नवलपरासीका निमार्ण ब्यवसायीहरुले तत्काल अन्य खोला नालाहरुको ठेक्का आवहान् गरी खोला जन्य बस्तु ( ढुगां गिटी , बालुवा ) निकासीको बाताबरण सृजना गरी बिकास निमार्ण काम पुरा गर्न सहयोग गर सरकारसंग माग गरेका छन् ।
नवलपरासीमा निमार्ण सामाग्रीको अभाबमा , रु ८ करोडको लगानीमा सूस्ता बचाउँ आयोजना , रु ७ करोडको दुम्किबास देखी गैडकोट सम्म नारायणी नदीमा जनताको तटबन्द आयोजना , रु ८ करोडको लगानीमा निर्माणाधिन दलदले धौबादी सडक स्तरउन्नती आयोजना , रु १२ करोडको लगानीमा पंन्चनगर महेशपुर सडक, रु १० करोडको महेशपुर त्रिबेणी सडक स्तर उन्ननती, आयोजना , रु १२ करोडको धुरकोट बेनीमणीपुर सडक स्तरउन्नती , र ५ करोडको बालुवा डांडा कुम्सुत सडक लगायतका ठुला ठुला योजना प्रभावीत भएको संघले जनाएको छ ।
यसैगरी जिल्लामा अन्य बिकास निमार्ण कामहरु मध्ये सांसद बिकास कोषको रु ३० करोडको बिकास निमार्णका आयोजना , सडक डिभिजन कार्यालय बुटवल अन्तर्गतकको करिब रु १ अर्ब २५ करोड , खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको रु ४० करोड साथै जिविस र नगरपालीकामार्फत जिल्लामा संचालन भएका रु १ अर्ब २५ करोड बराबरको विकास निमार्णका आयोजनाहरु निमार्ण सामाग्रीको अभाबमा अलपत्र परेका छन् ।
सबै आयोजनहरुको लागत बजेट मध्ये करिब ६०प्रतिशत रकम खोला जन्य बस्तु ( ढुगां गिटी , बालुवा ) मा खर्च हुने गर्दछ तर यी सामाग्रीको चरम अभाबमा सबै विकास निमार्णका काम प्रभाबित भएको अध्यक्ष ज्ञवालीले भन्नुभयो ।
जिविसले समयमै जिल्लाका खोला नालाहरुको ठेक्का लगाउन नसक्दा निर्माण समाग्रीको अपुर्ति अभाव भएकै कारण जिल्लामा चालु भएका बिकास निमार्णका कामहरु प्रभाबीत बनेका हुन् । यस बारे जिल्ला बिकास समितीले धेरै खोला नाला चुरे क्षेत्रमा परेकाले ठेक्का लगाउन नसकिएको जनाएको छ ।
तपाइँको प्रतिक्रिया