सान्चेजको ह्याट्रिकमा आर्सनलको शानदार जित

१० असोज, काठमाडौं । एलेक्स सान्चेजको ह्याट्रिकको मदतमा आर्सनलले लिसेस्टर सिटीलाई पराजित गरेको छ ।
शनिबार राति भएको खेलमा एक गोलले पछि परेको आर्सनलले उत्कृष्ट पुनरागमन गर्दै ५–२ को जित निकालेको हो ।
लिसेस्टरले १३ औं मिनेटमा भार्डीको गोलबाट अग्रता लिएको थियो । तर, पाँच मिनेटपछि नै आर्सनलका वालकोटले बराबरी गोल फर्काए ।
३३ औं मिनेटमा सान्चेजले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । ५७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका सान्चेजले ८१ औं मिनेटमा ह्याटिक पुरा गरे ।
खेलको ८९ औं मिनेटमा लिसेस्टरका भार्डीले गोल गर्दै आर्सनलको अग्रता ४–२ मा झारे । तर, जिरउडले अन्तिम मिनेटमा गोल गर्दैै आर्सनललाई ५–२ को शानदार जित दिलाएका छन् ।
तपाइँको प्रतिक्रिया