सामाजिक अभियन्ता भनेर चिनिने शर्मिला वाइवाले विष सेवन गरिन्

काठमाडौं, फागुन १८
सामाजिक अभियन्ता भनेर चिनिने शर्मिला वाइवाले विष सेवन गरेकी छन् । उनी सामाजिक सञ्जालमा भाइरल अभियन्ताका रुपमा परिचित छिन् ।
उनको हाल वीर अस्पतालमा उपचार भइरहेको छ । वाइवाले बानियाटार स्थित आफ्नै निवासमा हिजो राति विष सेवन गरेकी हुन् । राति नै वीरमा ल्याएर आइसीयूमा भर्ना गरिएको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए । वाइवा अहिले बोल्न सक्ने अवस्थामा खतरामुक्त छिन् ।
उनले विष सेवन गर्नुको कारण खुलेको छैन । निकट स्रोतका अनुसार केही समयदेखि उनी डिप्रेसनमा छिन् । पत्रकार ऋषि धमलासँग नाम जोडिएर उनी विवादमा आएकी थिइन् ।
तपाइँको प्रतिक्रिया