सामुदायिक वनको गरिव विपन्न कार्यक्रम प्रभावकारी बन्दै / सुन्दरी वन अमरापुरीले, २ विपन्नलाई घर हस्तान्तरण

राजन खरेल,
गैँडाकोट, ३ श्रावण ।
सुन्दरी सामुदायिक वन उपभोक्ता समुह अमरापुरीले आज २ विपन्न उपभोक्तालाई घर हस्तान्तरण गरेको छ । समुहले गैँडाकोट नगरपालिका वडा नंम्बर १४ का चित्रबहादुर प्रजा र गँैडाकोट नगरपालिका वडा नंम्बर १७ का प्रेमबहादुर थापालाई घर बनाएर हस्तान्तरण गरेको हो । नवलपरासीका जिल्ला वन अधिकृत विजयराज सुवेदिले, बिहिबार एक समारोहका विच, विपन्न परिवारलाई घर हस्तान्तरण गर्नुभएको थियो ।
समुहको गरिव विपन्न कार्यक्रम अन्र्तगत, छनौट भएका २ विपन्न उपभोक्तालाई घर हस्तान्तरण गरिएको सुन्दरी सामुदायिक वन उपभोक्ता समुहका कार्यालय सचिव रामजी घिमिरेले जानकारी दिनुभएको छ ।
करिब २ लाख २३ हजारको लागतमा प्रति घर निर्माण भएको, विपन्न घर निर्माण समिति संयोजक कान्तिमाया पुरीले जानकारी दिनुभयो । विक्रम सम्बत २०५९ सालमा तत्कालिन अध्यक्ष ठाकुर प्रसाद पाण्डेको अगुवाईमा सुरु भएको विपन्न घर हस्तान्तरण कार्यक्रम अन्र्तगत हालसम्म २८ जना विपन्न उपभोक्तालाई घर निर्माण गरिएको समुहले जानकारी दिएको छ । वन समुहले सोही कार्यक्रमको निरन्तरताका रुपमा वार्षिक २ विपन्नलाई घर हस्तान्तरण गर्दै आएको छ ।
तत्कालिन अध्यक्ष पाण्डेले अपा∙ता समेत भएका विपन्न उपभोक्ता गंगापति विकलाई घर हस्तान्तरण गरि सुरु गरेको कार्यक्रमको प्रभावकारीता देखिएपछि,हाल नवलपुरका अन्य सामुदायिक वनले समेत यसको सिकाई गर्दै आएका छन् ।
बिहिबार नवलपरासीका जिल्ला वन कार्यलय प्रमुख विजयराज सुवेदि , सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका अध्यक्ष ठाकुर प्रसाद पाण्डे, सेक्टर वन कार्यालय कावासोतीका प्रमुख कृष्ण बहादुर देवकोटा, ईलाका वन कार्यालय रजहरका प्रमुख दुर्गादत्त कंडेल, वन समुहका अध्यक्ष चक्रपाणी खनाल, समुहका पदाधिकारी लगायतको उपस्थितीमा विपन्न उपभोक्तालाई घर हस्तान्तरण गरिएको थियो ।
यसैबिच घर प्राप्त गरेसंगै गैँडाकोट–१७, अमरापुरीका प्रेमबहादुर थापाले खुसी ब्यक्त गर्दै वन समुहलाई आभार प्रकट गरेका छन् । सामुदायिक वन समुहले आफुजस्ता विपन्न वर्गाको हकहितका निम्ति कार्य गर्दै आएको भन्दैं खुसि प्रकट गरेका हुन् । यस्तै गँैडाकोट– १४, अमरापुरीका चित्रबहादुर प्रजाले वन समुहले आफु जस्तो गरिबलाई अत्यन्तै ठुलो सहयोग गरेकोमा खुसी प्रकट गर्नुभयो ।
तपाइँको प्रतिक्रिया