सामुदायिक वनमा गरिएको अमुल्य जडिबुटिहरुको संरक्षणको प्रयास प्रभावकारी बन्दैं

सावित्री रेग्मी,
नवलपरासी ,४ असार ,पछिल्लो समय सामुदायिक वनमा खालि रहेको जग्गालाई हराभरा वनाउन बृक्षारोषर्ण संगै विभिन्न किसीमका जडिबुटिहरुको संरक्षण कार्यहरुले तिव्रता पाएको छ । यसरी बन जंगललमा रहेका विभिन्न किसीमका वनस्पतिहरुको संरक्षण गर्ने उद्देश्यले गैडाकोट नगरपालिका १५ मा रहेको सुन्दरी सामुदायिक वनले विभिन्न किसीमका जडिबुटिहरु लगाउंदै आएको छ । सामुदायिक वनहरुमा गर्मी समयमा आगलागी ,काठ दाउरा चोरी निकासी लगातका कारणहरु वाट मासिदै गएको अमुल्य जडिबुटिहरुलाई संरक्षण कार्य अगाडी बढाए संगै स्थानियहरु समेत लाभान्वित भएका छन । हाल कुरिलो,सिन्दुरे,सर्पगन्धा,पिपला,बोझो,रुद्रक्ष,श्रीखण्ड,
अमला ,रिठ्ठा,तेजपत्ता,किम्बु,लप्सी,असुरो लगाएतका १ सय प्रकारका जडिबुटिहरु रहेका छन । यसरी वनमा उत्पादन गरिएको जडिबुटि संकलन गरेर स्थानियहरुले वनलाई अथवा गाउंमा लगेर वेच्न पाउने सुविधा दिएको छ । जसले गर्दा गरिव तथा विपन्न वर्गका मानिसहरुलाई यसले रोजगारी पनि दिएको छ । यसको साथै वनले त्यहांको जडिबुटिको प्रयोग गरेर विभिन्न किसीमका औसधिहरु पनि वनाउंदै आएको सुन्दरी सामुदायिक वन गैडाकोटका वन हेरालु कुल वाहादुर गुरुङ्ग वताउंनुहुन्छ ।
यसरी वनमा लगाईएको विभिन्न किसीमका जडिबुटि प्रयोग गरेर स्थानियहरुले आर्थिक लाभ लिन सकेका छन । जसले गर्दा संरक्षणमा स्थानियहरु लागी परेका छन ।तर यसरी उत्पादन गरिएको जडिबुटिले राम्रो वजार नपाउंदा भने समस्या परेको सुन्दरी सामुदायिक वन कार्यलयका सचिव रामजि घिमीरे बताउंनुहुन्छ । यस्तो समस्यालाई न्युनिकरण गर्नका लागी यहां उत्पादन गरिएका जडिबुटिको प्रशोधन गर्ने त्यस्तै अझ क्षेत्र विस्तार गर्ने किसीमका योजनाहरु रहेको सचिव घिमीरे बताउंनुहुन्छ । यो संगै अहिले कसरी उत्पादनमा बृद्धि गनृ सकिन्छ,भनेर जडिबुटिको पहिचान गरि त्यसको महत्व, प्रयोग विधि लगाएतका कुराहरुमा अनुसन्धानका कार्यहरु अगाडी बढाईएको छ ।
पछिल्लो समय वनमा १ हेक्छर क्षेत्रफलमा कुरीलो खेति गरिएको छ । जसले गर्दा अधिकांस पशुपालन गर्ने किसानहरु लाभान्वित भएका छन,भने अन्य जडिबुटिले स्थानियहरुलाई घरेलु औषधिको लागी निकै सहज भएको छ । अधिकांस मानिसले वनमा रहेका वनस्पतिहरुको नि शुल्क प्रयोग गर्न पाउंदां औषधि खोज्नका लागी टाढा टाढा पनि जान परेको छैन । यसका साथै महङ्गो शुल्क तिरेर औषधिहरु किन्न समेत नपरेको स्थानिय घाश्याम पराजुलि बताउंनुहुन्छ ।
नेपालमा पाईने करिब ७००० प्रजातिका फुल फुल्ने वनस्पतिहरु मध्ये करिव ८०० प्रजातिका जडिबुटीहरु पहिचान भैसकेका छन् ।तर पनि उचित संरक्षणको अभावमा यस्ता अमुल्य जडिबुटिहरुको सहि प्रयोग हुन सकिरहेको छैन । तर पछिल्लो समय लोप हुने अवस्थामा रहेका यस्ता जडिबुटिको संरक्षणका लागी सामुदायिक वनले गरेको यो प्रयास निकै सकारात्मक छ । त्यसैले यसरी नै हरेक क्षेत्रवाट संरक्षणका प्रयास जुट्न सक्यो भने पनि देशको आर्थिक विकासमा टेवा पुग्ने थियो ।
तपाइँको प्रतिक्रिया