सामुदायिक वनमा जैविक विविधता संरक्षणका लागि पोखरी

बिबेक भण्डारी, नवलपरासी ,चैत्र ३ ,वन संरक्षण तथा वनमा रहेका जंगलि जनावरहरुको सुरक्षाका निमित्त नवलपरासीको रजहर गा वि समा रहेको धुसेरी सामुदायिक वनले पोखरी निर्माण कार्य सुरु गरेको छ । सामुदायिक वनमा बसेको भेलाले ५ कार्य समिति गठन गरि सो पोखरी निर्माणको कार्यलाई अगाडि बढाएको छ । करिव ३ कठ्ठाको क्षेत्रफलमा निर्माण हुन लागेको पोखरी निर्माणका लागि वहुसरोकार वाला वन कार्यक्रम अन्तरगत रिम्स नेपालले १ लाख , जिल्ल भू संरक्षण नेपालले १ लाख र जिल्ला वनकार्यलय नवलपरासीले २ लाख गरि ३ लाख सहयोग रहेको पोखरी निर्माण कार्य सम्पन्न गर्न ८ लाख ५२ हजार लाग्ने अनुमान गरिएको मयुर पोखरी निर्माण समितिका संयोजक लोक ब. कार्किले वताउनुभयो । नवलपरासीको समामुदाययिक वन अन्तरगत धुसेरी समामुदायिक वनमा पहिलो पटक वन क्षेत्र भित्र पोखरी निर्माण गरिएको धुसेरी सामुदायिक वनकी उपाध्यक्ष देवु बानियाले वताउनुयो ।
बनमा निर्माण भइरहेको मयुरी पोखरी निर्माण पश्चात जंगलमा रहेका जंगलीपशु पंक्षिहरुले पर्याप्त मात्रामा पानी पिउन सक्ने र जंगलमा डढेलो लागेमा पोखरीको पानीको सहायताले वनमा लागेको आगो पनि नियन्त्रण लिन सकिने हुदा यो पोखरी आवस्यक रहेको वनका अध्यक्ष इन्द्रप्रसाद अधिकारीले वताउनुभयो साथै पोखरी निर्माण कार्य द्रुत गतिमा अगाडि बढेको हुदा पोखरी निर्माण कार्य चैत्र मसान्त सम्ममा सम्पन्न गर्ने समेत बताउनुभयो ।
तपाइँको प्रतिक्रिया