सामुदायिक वनले छिटो अधिवेशन सम्पन्न गर्नुस् -नगर प्रमुख पौडेल

हिमा अर्याल, गैँडाकोट, २७ कार्तिक ।
भेडाबारी सामुदायिक वन उपभोक्ता समुह गैँडाकोट ११ र १२ को १५ औँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथीको रुपमा गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेल रहनु भएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले वन संरक्षणमा सफल सामुदायिक वनका देश नेपाल भनेर चिनाउन सफल भएको बताउनु भएको छ । तर नवलपुरको हकमा पछिल्लो १ वर्षमा साधारण सभा तथा अधिवेशनमा नेतृत्व चयन हुन नसकेको आएको बताउनु भयो । सर्वसम्बत नेतृत्व चयन हुन नसक्नु र विवाद आइरहनु, तालाबन्दी हुनु जस्ता कृयाकलापले राम्रो सन्देश नगएकोे बताउदै पौडेलले सामुदायिक वनको उदेश्य र नीति अनुसार ५० प्रतिशत महिलाको कोटा लागु हुने गरि समयमै अधिवेशन सम्पन्न गर्न सामुदायिक वनहरुलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा बोल्दै वनका अध्यक्ष गुरु प्रसाद पौडेलले भेडाबारी सामुदायिक वनले बृक्षारोपण देखि सामुदायिक विकास, गरिवी न्युनिकरण, भूक्षय रोकथाम, अग्नी यिन्त्रण,जैविक विविधताको संरक्षण, सिमसार क्षेत्र निर्माण, कृषिका लागि पक्की कुलो निर्माण लगाएत विकास निर्माणको कामहरु गर्दै आएको बताउनु भयो । अध्यक्ष पौडेलले सामुदायिक वनलाइ काठ दाउरा निकासी मात्र नभएर आयआर्जन गर्ने गरि अगाडि लैजानु पर्ने बताउनु भयो । उहाँले सामुदायिक वनले विभिन्न जडिबुटि उत्पादन, सुगन्धीत वन पैदावार उत्पादन, बेसार खेती , घास खेति , कोइला उत्पादन, सुपारी उत्पादन, पिकनिक स्पोट तथा सिमसार निर्माण सहित पर्यटकिय क्षेत्रको रुपमा सामुदायिक वनलाई विकास गर्नु पर्ने आवश्यकता औल्याउनु भयो । यो लक्ष्य अनुसार भेडाबारी सामुदायिक वन अगाडि बढेको पनि उहाँले बताउनु भयो ।
कार्यक्रममा सचिव पार्वती आचार्यले आर्थिक वर्ष ०७७÷ ७८ को प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष ०७८ ÷७९ को प्रस्तावित नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्नु भएको थियो । आचार्यले ०७८÷ ७९ मा ९१ लाख २३ हजार १ सय १५ रुपैया आम्दानी गरेको जानकारी गराउनु भयो । वनका कोषाध्यक्ष भोजबहादुर महतोले २०७८ ÷७९ को प्रताववित बजेट प्रस्तुत गर्नु भएको थियो । भने सस्थाका सदस्य प्रकाश न्यौपानेले अनुगमन समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
तपाइँको प्रतिक्रिया