सामुदायिक वन नवलपरासीको परिषद् भेला सम्पन्न

बिबेक भण्डारी
नवलपरासी,२९ जेठ,सामुदायिक वन नवलपरासीको परिषद् भेला शनिवार महाराजा सामुदायिक वन उपभोक्ता समुहको सभाहल देवचुलिनगरपालीकामा भएको छ । आयोजित परिषद भेलामा आर्थिक विवरण प्रस्तुत गरिएको थियो जस्मा यस वर्ष कार्यक्रम खर्च अन्तरगत ४३ लाख ३२ हजार ६ सय ८४ र गत वर्ष ३२ लाख ४९ हजार ७ सय २८ रुपैया कार्यक्रम खर्च प्रस्तुत गरेको थियो । परिषध भेलाका प्रमुख अतिथि सामुदायिक वन उपभोक्ता महासघका महासचिव भारती पाठकले सामुदायिक वन हामि सवैको हो र यसको संरक्षणमा सवैको हात र साथ आवस्यक रहेको हुदा सामुदायिक वनको सुरक्षा समुदायले नै गर्नुपर्ने वताउनुभयो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासघ नेपालका कार्य समिति स्थाइ सदस्य ढाकुर भण्डारी, साहायक वन अधिकृत हिमलाल लामिछाने लगायतको विशेष आतिथ्यता रहेको थियो । भेलामा विभिन्न राजनितिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो । भला सामुदायिक वन महासंघका जिल्ला अध्यक्ष ढाकुर प्रसाद पाण्डेको अध्यक्षतामा आयोजना गरिएको थियो ।
तपाइँको प्रतिक्रिया